रोशनको ‘कोष्ठकभित्रको हाँसो’ सार्वजनिक « Khabarhub

रोशनको ‘कोष्ठकभित्रको हाँसो’ सार्वजनिक


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साहित्यकार रोशन थापा ‘निरव’ को कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा आएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. धुव्रचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले कथासंग्रह विमोचन गरेका हुन् ।

कार्यक्रममा अनुपमा रेग्मीले समग्र कथासंग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथाहरू भएको बताइन् ।

समालोचक महेश पौड्यालले कथासंग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए । उनले कथासंग्रह नाटकजस्ता र उपन्यासजस्ता रहेको उल्लेख गरे ।

डा. धुव्रचन्द्र गौतमले रोशन थापा ‘निरव’ पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताए ।

सात खण्डमा पाँचका दरले रहेका यस कथासंग्रहभित्र जम्मा पैँतीसवटा कथा रहेका छन् ।

शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मूल्य ४ सय ७५ रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : १५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै