राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’ « Khabarhub

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । जसको मुख्य प्रायोजक माई सेकेण्ड टिचर रहेको छ ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्ने जिम्मा एड प्याडलाई दिएको थियो । सो कम्पनीले जर्सीको मुख्य प्रायोजकमा माई सेकेण्ड टिचरलाई भित्र्याएको छ ।

आज राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र आईएनजी ग्रुपका सुलभ बुढाथोकीले राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

सम्झौता अनुसार राष्ट्रिय टिमको जर्सीमा उपलब्ध हुने स्थानहरूमा माई सेकेण्ड टिचरलाई मुख्य भागमा राखिने छ । यस्तै आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको पनि लोगो राखिने भएको छ ।

माई सेकेण्ड टिचर एक इन्टरनेट लर्निङ मोबाइल एप हो । उसले पहिलो पटक क्रिकेटमा लगानी गर्न लागेको हो । एड प्याडले उसलाई आईसीसीको क्लोदिङ नियम अनुसार सम्झौता गरेको जनाएको छ ।

यो सम्झौताको रकम भने गोप्य राखिएको छ । क्यानले राष्ट्रिय टिमको जर्सीको प्रायोजकको सबै जिम्मा एड प्याडलाई १५ महिनाका लागि बिक्री गरेको थियो ।

अब एड प्याडले क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्नेछ भने रकम पनि आफैँ राख्नेछ । माई सेकेण्ड टिचरको सम्झौता अहिलेका लागि एक बर्षको रहेको छ ।

शिक्षा क्षेत्रलाई क्रिकेटमा भित्र्याउन पाउँदा खुसी लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञेप्तीमार्फत जानकारी दिएका छन् ।

नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्ने छन् ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ०७ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा