यस्तो छ चालु आ.व.को ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) « Khabarhub

यस्तो छ चालु आ.व.को ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्तातर्फको मूल्यवृद्धि (मुद्रास्फिति) ३.०२ प्रतिशत पुगेको छ। त्यसैगरी आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको जनाएको छ ।

सोही अवधिमा थोकतर्फको मूल्यवृद्धि ६.३० प्रतिशत रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फिति ६.५७ प्रतिशत र थोक मुद्रास्फिति ६.७० प्रतिशत रहेको थियो।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु. ६८ अर्बले बचतमा छ ।

कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च भने रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड रहेको जनाएको छ ।

साथै विस्तृत मुद्राप्रदाय पनि ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ०१ बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ