एमाले विवाद : ओलीविरूद्ध मुलुकभर कार्यक्रम गर्दै खनाल-नेपाल समूह « Khabarhub

एमाले विवाद : ओलीविरूद्ध मुलुकभर कार्यक्रम गर्दै खनाल-नेपाल समूह


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि व्यूँतिएको नेकपा एमालेभित्र चर्किएको विवाद उत्कर्षमा पुगेको छ ।

फागुन २८ मा संस्थापन पक्षले छलेर बैठक राख्दै पदाधिकारीहरूको जिम्मेवारी खोस्नेदेखि माओवादी केन्द्र छाडेर गएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि बढेको एमाले विवाद थप चर्किएको छ ।

जिम्मेवारी खोसिएर रूष्ट बनेको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले कार्यकर्ताको राष्ट्रिय भेला गरेपछि नेपालसहित नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई ओलीले निलम्बन गरेका छन् ।

संस्थापन पक्षले निलम्बन गरेपछि देशभर समानन्तर कमिटी गठन गर्दै अघि बढेको खनाल-नेपाल समूहले पार्टी स्थापना दिवसलाई ओलीविरूद्ध विशेष कार्यक्रम’ गर्ने दिनको रूपमा मनाउने तयारी गरेको छ ।

वैशाख ९ गते सो समूहले पार्टी स्थापना दिवसमा सबै जिल्लामा जिल्ला कमिटीले ओलीविरुद्ध ‘विशेष कार्यक्रम’ गर्ने भएको हो।

वरिष्ठ नेता माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा वैशाख ९ गते ओलीविरुद्ध विशेष कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

सर्कुलरमा वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न षडयन्त्रका तानाबाना बुनेको भन्दै पार्टीलाई पुनःगठन र संगठित गर्ने अभिभारा आफूमाथि आइपरेको बताएका छन् ।

हेर्नुहोस् खनाल-नेपाल पक्षले जारी गरेको सर्कुलर

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ३० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना