रेमिट्यासमा ८.६ प्रतिशतको वृद्धि, कस्तो छ अरू आर्थिक सूचक ? « Khabarhub

रेमिट्यासमा ८.६ प्रतिशतको वृद्धि, कस्तो छ अरू आर्थिक सूचक ?


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिना(फागुन) महिनासम्म रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको सूचाकांक अनुसार रेमिट्यास ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्तातर्फको मूल्यवृद्धि (मुद्रास्फिति) ३.०२ प्रतिशत पुगेको छ। त्यसैगरी आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको जनाएको छ ।

सोही अवधिमा थोकतर्फको मूल्यवृद्धि ६.३० प्रतिशत रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फिति ६.५७ प्रतिशत र थोक मुद्रास्फिति ६.७० प्रतिशत रहेको थियो।

शोधनान्तर स्थिति रु. ६८ अर्बले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च भने रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड रहेको जनाएको छ ।

साथै विस्तृत मुद्राप्रदाय पनि ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।

हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको विवरण

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : १५ बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय