वायु प्रदूषणको सूचीमा काठमाडौँ फेरि एक नम्बरमा « Khabarhub

वायु प्रदूषणको सूचीमा काठमाडौँ फेरि एक नम्बरमा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।

प्रदूषण बढ्दा काठमाडौँ उपत्यका आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको मौसमविद् बताउँछन् ।

मौसमविद् सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स (एक्यूआई)  ३४४  छ ।

तर काठमाडौँ उपत्यका भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

आइक्यू एअरको बिहान ८:४० बजेको अपडेट अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स एक्यूआई) २३३ पुगेको छ ।

हावामा प्रदूषणको मात्राले खतराको तह नाघेर २०० माथि नाघ्दा बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् ।

प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ५९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई