अफिम खेती नष्ट « Khabarhub

अफिम खेती नष्ट


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ ।

नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।

‘‘घरेलु मदिरा नियन्त्रण, गाँजाखेती नष्ट, जुवातास नियन्त्रण तथा न्याय र शान्ति सुरक्षामा नकारात्मक असर पार्ने सबै प्रकारका गतिविधिविरुद्ध प्रहरी आक्रामकरूपमा लागेको छ,’’ उनले भने । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मद्दत गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ०१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,