चैते धानखेतीतर्फ कृषकको आकर्षण « Khabarhub

चैते धानखेतीतर्फ कृषकको आकर्षण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरका कृषक चैते धान खेतीमा आकर्षित भएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यसपटक चैते धानखेती गत वर्षको भन्दा बढेको छ ।

केन्द्रका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो ।  यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको छ ।

यसपटक जिल्लाको आठ पालिकामध्ये सबैभन्दा त्रियुगा नगरपालिकाको भुल्के, साउने, खाँबु, पोर्ताह, लक्ष्मीपुर,  कालीखोला, जोगिदह, श्रीपुर, मोहनपुर, लालपतालगायतका क्षेत्रमा बढी चैते धान विस्तार भएको केन्द्रका कृषि प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताए ।

कटारी नगरपालिकाको रिस्कु, सोमबारे, मरुवासहित बेलका नगरपालिकाको रातापानी, लालसिसुवा, सेतीखोला क्षेत्रमा चैते धानखेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, बसाहा क्षेत्रसहित पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको मुर्कची, पुवाँरे, भुटार, आपटार क्षेत्रमा चैते धानखेती विस्तार भएको छ ।

यसैगरी उदयपुरगढीको भलायाडाँडा, डुम्रे, दनुवारबेँसीसहित लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लिछा, बासबोटे क्षेत्रमा समेत यसपटक खेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ ।

खोलानाला, नदी किनार क्षेत्रको सिँचाइ पुग्ने खेतसहित सिमखेतमा धानखेती हुने गरेको र वर्षेनी विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले बताए ।

उनकाअनुसार चार वर्षअघिसम्म जिल्लामा ५०० देखि ७०० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको भए पनि अहिले कृषक यसतर्फ आकर्षित भएसँगै एक हजार ५५५ हेक्टरमा खेती विस्तार भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : १८ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा