नेपाल बङ्गलादेश बैंकले भुक्तानी गर्र्‍यो १५ लाखको दुर्घटना बीमा « Khabarhub

नेपाल बङ्गलादेश बैंकले भुक्तानी गर्र्‍यो १५ लाखको दुर्घटना बीमा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले १५ लाख रुपैयाँको बीमा भुक्तानी गरेको छ ।

बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम स्वर्गीय भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको छ ।

बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।

उक्त १५ लाखको चेक नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोह बीच हस्तान्तरण गरेका हुन् ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि ठूलो राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा