नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ५१७ थपिए « Khabarhub

नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ५१७ थपिए


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै हालससम्म नेपालमा ३ हजार ५८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षण गर्दा ४६० जना र एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसहित नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा २ लाख ७४ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४६ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम