सेनाको उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न | Khabarhub Khabarhub

सेनाको उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न भएको छ ।

आज प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

उक्त समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षा २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखेका थिए ।

सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालिमका सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धी विविध आयामबारे एथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गरे । उनले वर्तमान जटिल विश्व परिस्थितिमा सुरक्षाका विभिन्न आयामहरु रहेको तथा सक्षम र शान्तिपूर्ण समाज निर्माणको लागि सबै आयामहरुलाई उत्तिकै महत्व दिनुपर्ने बताए ।

यसैगरी प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भुमिका खेलेको विश्वास व्यक्त गरे ।

वि.सं. २०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो । हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाइसकेको सेनाले जनाएको छ ।

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी