नयाँ वर्षमा राजनीतिक दलहरूबीच समझदारी हुने सभामुख सापकोटाको विश्वास | Khabarhub Khabarhub

नयाँ वर्षमा राजनीतिक दलहरूबीच समझदारी हुने सभामुख सापकोटाको विश्वास


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, “सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु ।”

अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिबद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताएका छन् ।

उनले  संसद्लाई जीवन्त र जनमुखी बनाउन सङ्घीय संसद्को नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, “हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक सङ्कट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौँ ।”

सङ्कट अझै टरेको छैन भन्दै सभामुखले हामीले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् । उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

सभामुखले संविधान सभामार्फत नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा रहेको र संविधानको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम बाँकी नै छन् भनेका छन् ।

उनले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरूभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने छ भन्ने आशा व्यक्त गरेका छन् ।

सभामुखले अनुशासित भएर कोभिड–१९ लाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ०१ बजे

पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका प्रमुख अल्ताफ हुसैनले

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ

काठमाडौं– पाकिस्तानमा नाबालिगलाई दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी अधिकारी

गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर

काठमाडौं- सत्तारुढ दलकै सांसदहरूले प्राकृतिक विपत्को पूर्वतयारी र उद्धारका काम

गुगल भारतमा थप अवसरको खोजीमा छ : प्रमुख कार्यकारी पिचाइ

काठमाडौँ– गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले आफ्नो कम्पनीले भारतमा थप