सेप्टेम्बर ११ सम्म अमेरिकी सेनाले अफगानीस्तान छाडिसक्ने | Khabarhub Khabarhub

सेप्टेम्बर ११ सम्म अमेरिकी सेनाले अफगानीस्तान छाडिसक्ने


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म  अफगानीस्तान छाड्ने भएका छन् ।

रास्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने घोषणा गरेका हुन् ।

पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यो समयसीमामा सैनिक फिर्ता कठिन भएको राष्ट्रपति बाइडेनले बताए ।

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ।

अमेरिकामा आतंकबादी हमलापछिको २० बर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो निर्णय विशेष भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अफगानिस्तानमा करिब ३ हजार अमेरिकी सैनिक रहेको बताइन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ४५ बजे

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर

जलाशय सफा गर्न विद्युत उत्पादन बन्द

दोलखा– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१