एमसीसी सदनमा निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री ओली असन्तुष्ट (भिडियोसहित) | Khabarhub Khabarhub

एमसीसी सदनमा निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री ओली असन्तुष्ट (भिडियोसहित)


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्ष २०७८ का अवसरमा सिंहदरबारबाट देशवासीलाई सम्बोधन गरेका ओलीले एमसीसी निर्णयार्थ प्रस्तुन नगरिएको भन्दै नाम नलिइकन सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेस गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,’ ओलीले भने ।

संसद अधिवेशन शुरू भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको उनले बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : १४ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र