मास्क लगाएर मोडलको क्याटवक | Khabarhub Khabarhub

मास्क लगाएर मोडलको क्याटवक


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नमूना कलेज अफ फेसन टेक्नोलोजीमा चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम परिक्षाअन्तर्गत विद्यार्थीहरुले पहिरनमा मास्कको फेसन प्रदर्शन गरेका छन् ।

हरेक पहिरनसँग सुहाउँदो मास्कसहित मोडलहरु मञ्चमा प्रस्तुत हुँदा वर्तमान कोभिड–१९ को जटिल परिस्थितिलाई सुन्दर रुपले देखाइएको थियो ।

शोमा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पुतलीसहित हरेक पहिरनका सिर्जनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा अर्को आकर्षण थपिएको थियो ।

‘अस्तित्व’ शीर्षकमा सञ्चालन भएको ग्राजुएसन फेसन शोमा कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शो सुरु भएको थियो ।

कार्यक्रमअन्तर्गत ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सिर्जनाकर्ताहरु पनि ७९ विद्यार्थी नै थिए । उनीहरु नमूना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५ औं ब्याचका विद्यार्थी डिजाइनरहरु थिए ।

कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा सञ्चालन गरिएको उक्त फेसन शोमा समेटिएका ७९ वटा पहिरनहरुलाई आठ वटा विभिन्न सिक्वेन्स मार्फत् प्रदर्शन गरिएका थिए । जसलाई २० जना युवती मोडलहरुले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ११ : ४५ बजे

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार