अमेरिकामा अश्वेत व्यक्तिलाई गोली हान्ने प्रहरी गिरफ्तार | Khabarhub Khabarhub

अमेरिकामा अश्वेत व्यक्तिलाई गोली हान्ने प्रहरी गिरफ्तार


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ ।

गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ ।

२० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले बताएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग” भएको आरोप लगाएका छन् ।

गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

राइटको हत्यापछि उक्त क्षेत्रका दुई वटा शहर मिनियापलिस र सेन्ट पलमाका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए भने रात्रिकालीन कर्फ्यु लगाएका थिए।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ३५ बजे

सानेपामा तरुण दलको चियापान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७३ औं

संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

पाटन– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा