अभिषेकको फिल्ममा प्रहरी अवरोध | Khabarhub Khabarhub

अभिषेकको फिल्ममा प्रहरी अवरोध


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अभिषेक बच्चनको छायांकनरत एक फिल्ममा प्रहरीले अवरोध गरेको छ । पार्कमा भइरहेको फिल्मको छायांकनलाई प्रहरीले बीचमै रोक लगाएको हो ।

यद्यपि सुटिङको अनुमति भए पनि कोभिड–१९लाई मध्यनजर गर्दै एहतियातन प्रहरीले सुटिङमा रोक लगाएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार लखनऊको बेगम हजरत महल पार्कमा बेलुकाको समयमा सुटिङ भइरहेको थियो । सुटिङ भइरहेको स्थानबाट कसैले प्रहरीलाई सूचना दिएपछि प्रहरी आएर सुटिङ रोकेको थियो ।

फिल्मको छायांकनमा रोक लगाइरहँदा त्यसको फोटो र भिडियो खिच्ने फिल्मका सदस्य र प्रहरीबीच झडप भएको थियो ।

डीसीपी सेन्ट्रल जोनका सुमन वर्माले अभिषेकको फिल्ममा ५० देखि ६० जना मानिसको उपस्थित भएकाले प्रहरीले त्यसलाई रोक लगाएको बताए ।

अभिषेक अभिनित फिल्म ‘बिग बुल’ केही समयअघि मात्र रिलिज भएको थियो । हटस्टारमा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन ।

उनी वेब सिरिज ‘ब्रीद’मा देखिएका थिए । जहाँ उनको कामको प्रशंसा भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ११ : ३० बजे

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको