भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला « Khabarhub

भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली–तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् ।

वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् ।

त्यसक्रममा थप चार प्रजातिका चराहरूको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए ।

पहिचान भएका चराहरूको फोटोसहित रेकर्ड राखिएको छ । गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरू रेकर्ड गरिएको थियो ।

‘गर्मी समयमा पाइने विभिन्न चराहरूको अवलोकन गरी तिनको तथ्याङ्क राखेका छौँ’, महर्जनले भने ।

चरा अवलोकन कार्यलाई चराविज्ञ टेकबहादुर घर्ती र रेञ्जर लव गुरागाईँले सहजीकरण गरेका थिए । चरा अवलोकन कार्यमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेललगायतको सहभागिता थियो ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ ।

भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १२ : ३० बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार