कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या | Khabarhub Khabarhub

कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या सिर्जना भएको छ । स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४१४ कैदीबन्दी हुँदा थप समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले कारागारमा प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन प्रहरी राख्न आवश्यक रहेको बताए । “पाँच कैदीलाई यताउता लैजानु पर्दा १० प्रहरी खटिनुपर्ने स्थिति छ”, प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “न त सुरक्षित भ्यान छ न त जनशक्ति थप ।”

कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जीर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे पनि कुनै सुनुवाइ अहिलेसम्म भएको छैन । प्रहरी उपरीक्षक चर्तुवेदीले कारागारमै प्राथमिक स्वास्थ्य सुरक्षाको व्यवस्थासमेत हुनुपर्ने बताए । “जिल्ला बाहिर कैदीबन्दी सार्नुपरे सुरक्षाकर्मीको अभाव हुने स्थिति छ”, उनले भने, “एक प्रहरी कर्मचारी कारागारमा २४ घण्टा ड्युटी गर्नुपर्ने बाध्यता छ ।”

त्यसैगरी कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले अहिले कैदीबन्दीलाई टेन्टमा राख्नुपर्ने अवस्था आएको बताए । “यहाँ ठाउँ नभएर चार कैदीबन्दी धनगढी र केही सङ्ख्यामा दाङ पठाउन माथि पत्राचार गरेका छौँ”, जेलर थापाले भने, “कारागार पुनःनिर्माण र व्यवस्थापन सुधारका लागि केन्द्रमा धेरैपटक लिखित र मौखिक पहल हुँदा पनि अझै केही भएको छैन ।”

उनले १५ महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा अहिले २५ महिला बन्दी रहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियानअन्तर्गत ब्राउनसुगर, खैरोहिरोइनलगायत लागुपदार्थसहित दिनहुँजसो अभियुक्त पक्राउ परिरहेका छन् । त्यसैगरी यहाँ महिला हिंसा, जबर्जस्ती करणी, चोरी, ज्यान मार्ने उद्योगलगायत घटना बढी हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

“कारागारबाट कम्तीमा डेढ/दुई सय कैदीबन्दी अन्य कारागार पठाउनुपर्ने देखिन्छ,” प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “कारागारमा खटिने प्रहरीलाई थप सशक्त बनाउन जरुरी छ ।”

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १२ : ०७ बजे

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन

थप सय वटा स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड