गलत बानीले हामीलाई खाद्यवस्तुले पुगेको छैन– प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

गलत बानीले हामीलाई खाद्यवस्तुले पुगेको छैन– प्रधानमन्त्री (भिडियोसहित)


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहे जस्तो सुकै काम गर्न सक्ने बताएका छन् ।

देशभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हामी पछाडि परेका छौँ भन्ने नसोची नयाँ काम गर्नुपर्ने बताए ।

नेपाल अण्डा, माछामासुमा आत्मनिर्भर रहेको भन्दै अन्य खाद्यवस्तुमा पनि निर्भर हुनेगरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छ । अहिलेनै हामी अण्डा, माछामासुमा आत्मनिर्भर छौँ । अबको तीन वर्षमा सबै खाद्यबालीमा पनि आत्मनिर्भर हुन्छौँ । खाद्यान्नमा नेपाललाई आयातमुखी होइन, निर्यातमुखी बनाउनुपर्छ ।’

हेरौँ भिडियो

प्रधानमन्त्रीले नेपालीको गलत आदत र बानीका कारण नेपालमै उत्पादन भएको खाद्यबालीले एक वर्ष धान्न नसकेको बताएका छन् । उनले भने, ‘हामीले पुग्दो खाद्यबाली उत्पादन गरेका छौँ । तर गलत बानीले हामीलाई खान पुगेको छैन । त्यसैले हामीले बानी सुधार्न आवश्यक छ ।’ गलत बानीको चर्चा गरेपनि नेपालीका कुन कुन बानी गलत छन् भन्ने विषयमा बोलेनन् ।

उनले नयाँ सोचका साथ काम गर्ने भन्दै सबै नेपालीले हरेक दिन एकपाइला अघि बढ्ने गरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले सकारात्मक सोचका साथ काम गरिरहेका छौँ । सम्पूर्ण काममा हामीले एक पाइला अघिको प्रगती हासिल गरेका छौँ । यो क्रमलाई निरन्तरता दिनुपर्छ ।’

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ५७ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार