चीनका कारण ‘विक्रम वेधा’बाट अलग्गिए आमिर ! « Khabarhub

चीनका कारण ‘विक्रम वेधा’बाट अलग्गिए आमिर !


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘विक्रम वेधा’ बलिउडको बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक हो । यही नामबाट तमिलमा बनेको फिल्ममा विजय सेतुपति र आर माधवनको अभिनय थियो ।

केही महिना अघि यो फिल्ममा आमिर खानले ग्याङस्टारको भूमिका निभाउने कुराले बलिउड गर्माएको थियो । तर अहिले आमिर यो प्रोजेक्टबाट बाहिरिएका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार आमिरले स्क्रिप्टमा भएको केही परिवर्तनका कारण आफू बाहिरिने निर्णय लिएका हुन् । तर अहिले भने त्यो कारण स्क्रिप्ट नभई राजनीतिक कारण रहेको बुझिएको छ ।

आमिर यो फिल्मलाई एसियन दर्शकलाई ध्यानमा राखेर बनाउन चाहन्थे । पछिल्लो दशकमा चीन बलिउडका लागि सुनको खानी सरह नै बनेको छ । यहीकारण आमिर फिल्मको कथा चीनसँग सम्बन्धित होस् भन्ने चाहन्थे ।

तर दुर्भाग्यले कोभिड–१९ र भारत तथा चीनबीच भएको सीमा तनावलाई मध्यनजर गर्दै यो अवधारणा बदल्नुपर्ने अवस्था आयो । यहीकारण फिल्मको कथामा चीन राख्न समस्या भएपछि आमिरले फिल्मबाट हात झिकेका छन् ।

‘आमिर यो फिल्म हङकङ बेस्ड ग्याङस्टारमा आधारित होस् भन्ने चाहन्थे । उनले स्क्रिप्टमा पनि केही बद्लाव होस् भन्ने सल्लाह दिएका थिए । स्क्रिप्टलाई बद्ल्न सकेमा चीनबाट फिल्मले जबरदस्त कमाई गर्न सक्छ भन्ने ध्याउन्नमा आमिर थिए । तर यो बीचमा चीन र भारतबीचको सीमा तनावले आमिरको त्यो सपना पुरा हुन सकेन ।’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : २० बजे

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य