चीनका कारण ‘विक्रम वेधा’बाट अलग्गिए आमिर ! | Khabarhub Khabarhub

चीनका कारण ‘विक्रम वेधा’बाट अलग्गिए आमिर !


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘विक्रम वेधा’ बलिउडको बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक हो । यही नामबाट तमिलमा बनेको फिल्ममा विजय सेतुपति र आर माधवनको अभिनय थियो ।

केही महिना अघि यो फिल्ममा आमिर खानले ग्याङस्टारको भूमिका निभाउने कुराले बलिउड गर्माएको थियो । तर अहिले आमिर यो प्रोजेक्टबाट बाहिरिएका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार आमिरले स्क्रिप्टमा भएको केही परिवर्तनका कारण आफू बाहिरिने निर्णय लिएका हुन् । तर अहिले भने त्यो कारण स्क्रिप्ट नभई राजनीतिक कारण रहेको बुझिएको छ ।

आमिर यो फिल्मलाई एसियन दर्शकलाई ध्यानमा राखेर बनाउन चाहन्थे । पछिल्लो दशकमा चीन बलिउडका लागि सुनको खानी सरह नै बनेको छ । यहीकारण आमिर फिल्मको कथा चीनसँग सम्बन्धित होस् भन्ने चाहन्थे ।

तर दुर्भाग्यले कोभिड–१९ र भारत तथा चीनबीच भएको सीमा तनावलाई मध्यनजर गर्दै यो अवधारणा बदल्नुपर्ने अवस्था आयो । यहीकारण फिल्मको कथामा चीन राख्न समस्या भएपछि आमिरले फिल्मबाट हात झिकेका छन् ।

‘आमिर यो फिल्म हङकङ बेस्ड ग्याङस्टारमा आधारित होस् भन्ने चाहन्थे । उनले स्क्रिप्टमा पनि केही बद्लाव होस् भन्ने सल्लाह दिएका थिए । स्क्रिप्टलाई बद्ल्न सकेमा चीनबाट फिल्मले जबरदस्त कमाई गर्न सक्छ भन्ने ध्याउन्नमा आमिर थिए । तर यो बीचमा चीन र भारतबीचको सीमा तनावले आमिरको त्यो सपना पुरा हुन सकेन ।’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : २० बजे

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।