किरणको सेवा गर्न अनुपमले छोडे हलिउड प्रोजेक्ट | Khabarhub Khabarhub

किरणको सेवा गर्न अनुपमले छोडे हलिउड प्रोजेक्ट


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अनुपम खेरकी पत्नी तथा भारतीय जनता पार्टीका सांसद किरण खेर हालका दिनमा क्यान्सरबाट गुज्रिरहेकी छन् । पत्नीलाई क्यान्सर भएपछि अनुपमले इमान्दारिताका साथ किरणको सेवा गरिरहेका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अनुपमले श्रीमतिको सेवाका लागि केही समयसम्म कुनै पनि प्रोजेक्टमा काम नगर्ने निर्णय लिएका छन् । यही निर्णयका कारण उनले एक हलिउड प्रोजेक्ट पनि छोडेका छन् ।

सन् २०१८ देखि अमेरिकन मेडिकल ड्रामा सिरिजमा अभिनय गर्दै आएका अनुपम सिरिजबाट बिदा भएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीको सिरिज ‘न्यू एमस्टरडम’को तेस्रो सिजन चलिरहेको छ । यसमा अनुपमले डाक्टर विजय कपूरको भूमिका निर्वाह गरेका थिए ।

अनुपमले केही समय अघि सामाजिक सञ्जालमार्फत पत्नी किरणलाई मल्टीपल माएलो भएको जानकारी दिएका थिए । उनका अनुसार यो ब्लड क्यान्सरको एक प्रकार हो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ४५ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको