कर्णाली प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीको अपिल « Khabarhub

कर्णाली प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीको अपिल


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलले प्रदेशमा वर्तमान सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

संसदीय दलले संसदको सातौं अधिवेशन सञ्चालन हुनु भन्दा एक दिनअघि बिहीबार सार्वजनिक अपिल गरेको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको हो ।

‘समग्र राजनीतिक परिवर्तन र यसबाट जनताले गरेको अपेक्षा अनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा हाम्रो दल पुगेको छ,’ संसदीय दलका प्रमुख सचेतक सिता नेपालीद्वारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ, ‘तसर्थ कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यहरूमा अपिल गर्दछु ।’

चैत ५ गतेदेखि नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यो बीचमा पदबाट राजीनामा दिने वा विश्वासको मत लिने दुईवटा विकल्प छन् । मुख्यमन्त्री शाहीले भने संसदबाट विश्वासको मत लिनेगरी बुधबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ०१ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार