द्रुतमार्ग आयोजनासम्बन्धी लेख–रचना समेटिएको जर्नल प्रकाशित « Khabarhub

द्रुतमार्ग आयोजनासम्बन्धी लेख–रचना समेटिएको जर्नल प्रकाशित


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनासम्बन्धी लेख–रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ ।

राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको द्रुतमार्ग सडक आयोजनाको वस्तुस्थिति तथा गतिविधि समेटिएको उक्त जर्नलको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरे ।

जर्नलमा सैनिक तथा गैरसैनिक व्यक्तिका कूल २० लेख समेटिएका छन् । त्यसमा ११ अनुसन्धानमूलक र नौ जानकारीमूलक रचना संग्रिहित छन् । कार्यक्रममा प्रधानसेनापति थापाले उत्कृष्ट तीन लेख–रचनाका लेखकलाई पुरस्कार प्रदान गरे ।

पदमकुमार आङ्बो, अनन्तसिंह भाट र गौरव भट्टराईका लेख क्रमशः प्रथम, दोस्रो र तृतीय भएका थिए । यस्तै विभिन्न अनुसन्धानात्मक तथा जानकारीमूलक लेख उपलब्ध गराउने लेखकलाई पनि प्रधानसेनापतिले कदरपत्रद्वारा सम्मान गरे ।

कार्यक्रममा द्रुतमार्ग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले देशको राजधानी काठमाडौँ र तराई–मधेस जोड्ने देशकै पहिलो द्रुतमार्ग आयोजनाको बहुआयामिक महत्व र यसका विविध पाटाका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी लेख रचना प्रकाशन गरिएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको द्रुतमार्गको निर्माण कार्यको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन मुलुकको रक्षा तथा विकास निर्माणमा नेपाली सेनाले आफूलाई उभ्याउँदै आएको छ ।

सरकारले २०७४ सालमा राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एंव रणनीतिक महत्व बोकेको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

कूल ७२.५ किलोमिटर लम्बाइको यस आयोजनाको भौतिक प्रगति १२.९ र वित्तीय प्रगति ९.५२ प्रतिशत रहेको सेनाले जनाएको छ । विभिन्न ११ क्लष्टरमा विभाजन गरी सेनाले द्रुतमार्ग निर्माणको काम गर्दै आइरहेको छ । आयोजनामा १०.५९ किलोमिटर पुल र ६.४९ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । आव २०८०–८१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु