कार्तिकलाई धर्मा प्रोडक्सनको फिल्ममा आजीवन प्रतिबन्ध | Khabarhub Khabarhub

कार्तिकलाई धर्मा प्रोडक्सनको फिल्ममा आजीवन प्रतिबन्ध


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका लागि सम्भवता यो वर्षकै सबैभन्दा ठूलो खबर शुक्रबार धर्मा प्रोडक्सनबाट आएको छ । कारण र बेकारण चर्चामा आइरहन चाहने अभिनेता कार्तिक आर्यनका लागि यसपटकको चर्चा निकै महंगो परेको छ ।

अमर उजालामा प्रकाशित समाचार अनुसार धर्मा प्रोडक्सनको निर्माणाधिन फिल्म ‘दोस्ताना २’बाट कार्तिकलाई निकालिएको छ । धर्माले कार्तिकका लागि आफ्नो ढोका सदा बन्द भएको घोषणा नै गरेको छ ।

कार्तिक यो साता पुरै चर्चामा थिए । हरेक पटक उनको पक्षबाट अनेक किसिमका समाचार आइरहन्थे । तर यसपटक भने उनीमाथि नै हमला भएको छ ।

कार्तिकको समूहले धर्मा प्रोडक्सनका लागि शरन शर्माले निर्देशन गर्ने फिल्ममा उनलाई फाइनल गरेको चर्चा चलाएको थियो । उनीहरुले फिल्मका लागि अभिनेत्रीमा तृप्ति डिमरी फाइनल भइसकेको बताएका थिए ।

आफ्नो फिल्मको बारेमा कुनै जानकारी नै नभई कलाकार फाइनल भएको समाचार सार्वजनिक भएपछि प्रोडक्सनका निर्माता करण जोहारले ट्वीटरमार्फत यी कुराको खण्डन गरेका थिए ।

अघिल्लो सातामा मात्र कार्तिकको फिल्म ‘धमाका’को विषयमा कार्तिकको समूहले एउटा अनौठो प्रचार गरेको थियो । कुल ३० करोडमा बनेको एक कोरियन फिल्मको आधिकारिक हिन्दी रिमेक नेटफ्लिक्सले १ सय ३५ करोडमा किनेको हल्ला फिजाइएको थियो। तर कार्तिकले धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’का लागि आफ्नो ब्राण्ड भ्यालु बढाउन यो नाटक रचेको खुलेको थियो ।

कार्तिकका सारा कुरा नजिकबाट नियालेको धर्मा प्रोडक्सनले अन्तत ‘दोस्ताना २’बाट उनलाई निकाल्ने निर्णय लिएको छ । कम्पनीले उनलाई आगामी दिनमा आफ्नो ब्यानरका कुनै पनि फिल्ममा अभिनय नगराउने निर्णय लिएको छ ।

पछिल्लो पटक कार्तिकको फिल्म ‘लभ आजकल’ बक्सअफिसमा सुपर फ्लप भएपछि उनको करियर जोखिममा परेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ०० बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर