कार्तिकलाई धर्मा प्रोडक्सनको फिल्ममा आजीवन प्रतिबन्ध « Khabarhub

कार्तिकलाई धर्मा प्रोडक्सनको फिल्ममा आजीवन प्रतिबन्ध


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका लागि सम्भवता यो वर्षकै सबैभन्दा ठूलो खबर शुक्रबार धर्मा प्रोडक्सनबाट आएको छ । कारण र बेकारण चर्चामा आइरहन चाहने अभिनेता कार्तिक आर्यनका लागि यसपटकको चर्चा निकै महंगो परेको छ ।

अमर उजालामा प्रकाशित समाचार अनुसार धर्मा प्रोडक्सनको निर्माणाधिन फिल्म ‘दोस्ताना २’बाट कार्तिकलाई निकालिएको छ । धर्माले कार्तिकका लागि आफ्नो ढोका सदा बन्द भएको घोषणा नै गरेको छ ।

कार्तिक यो साता पुरै चर्चामा थिए । हरेक पटक उनको पक्षबाट अनेक किसिमका समाचार आइरहन्थे । तर यसपटक भने उनीमाथि नै हमला भएको छ ।

कार्तिकको समूहले धर्मा प्रोडक्सनका लागि शरन शर्माले निर्देशन गर्ने फिल्ममा उनलाई फाइनल गरेको चर्चा चलाएको थियो । उनीहरुले फिल्मका लागि अभिनेत्रीमा तृप्ति डिमरी फाइनल भइसकेको बताएका थिए ।

आफ्नो फिल्मको बारेमा कुनै जानकारी नै नभई कलाकार फाइनल भएको समाचार सार्वजनिक भएपछि प्रोडक्सनका निर्माता करण जोहारले ट्वीटरमार्फत यी कुराको खण्डन गरेका थिए ।

अघिल्लो सातामा मात्र कार्तिकको फिल्म ‘धमाका’को विषयमा कार्तिकको समूहले एउटा अनौठो प्रचार गरेको थियो । कुल ३० करोडमा बनेको एक कोरियन फिल्मको आधिकारिक हिन्दी रिमेक नेटफ्लिक्सले १ सय ३५ करोडमा किनेको हल्ला फिजाइएको थियो। तर कार्तिकले धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’का लागि आफ्नो ब्राण्ड भ्यालु बढाउन यो नाटक रचेको खुलेको थियो ।

कार्तिकका सारा कुरा नजिकबाट नियालेको धर्मा प्रोडक्सनले अन्तत ‘दोस्ताना २’बाट उनलाई निकाल्ने निर्णय लिएको छ । कम्पनीले उनलाई आगामी दिनमा आफ्नो ब्यानरका कुनै पनि फिल्ममा अभिनय नगराउने निर्णय लिएको छ ।

पछिल्लो पटक कार्तिकको फिल्म ‘लभ आजकल’ बक्सअफिसमा सुपर फ्लप भएपछि उनको करियर जोखिममा परेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ०० बजे

लागुऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका