प्रधानमन्त्री ओलीविरुद्ध खनिए महतो « Khabarhub

प्रधानमन्त्री ओलीविरुद्ध खनिए महतो


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

नेता महतोले उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएपछि कसरी मुलुकको समृद्धि हुन्छ ? भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

बुधबार १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुर्राष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानून र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले उद्योगधन्दाको विकास गरेर नेपाली श्रम शक्तिलाई स्वदेशमै काममा लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने नेता महतोको बताए ।

नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेशिदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप लगाए । उनले विदेशी लगानी भित्र्याएर मुलुकमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ४४ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक