श्रमिक आयोग गठन गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

श्रमिक आयोग गठन गर्न कांग्रेसको माग


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गर्नु भएको हो ।

बुधबार अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रमिक आयोग गठनका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफनो पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

उपसभापति निधिले विदेशमा रहेका श्रमिकहरुलाई त्यहीँबाटै मतदान गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नै पालामा आए जसरी झुठो प्रचार गरिरहेको दावी पनि गरे ।

उपसभापति निधिले देउवा नेतृत्वको सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ लिच्छवी कालमा वा मल्ल कालमा ल्याएजसरी प्रधानमन्त्री केपी ओलीले झुठो प्रचार गरेको भन्दै आपत्ति पनि जनाए ।

उपसभापति निधिले नेपालमा श्रमिकहरुको अधिकारको क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको पनि बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : २४ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली