‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’मा सात नेपाली फिल्म | Khabarhub Khabarhub

‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’मा सात नेपाली फिल्म


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही वैशाख १० गतेदेखि वैशाख १२ गतेसम्म काठमाडौंमा आयोजना हुने नवौं संस्करणको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२१(नाफ)’मा नेपालका सात वटा फिल्म प्रदर्शन हुने भएका छन् ।

जमलस्थित राष्ट्रिय नाँचघरमा हुने फेस्टिभल कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनले आयोजना गर्न लागेको हो ।

फेस्टिभल निर्देशक डब्बु क्षेत्रीले सात फिल्ममध्ये एक वृत्तचित्र र बाँकी सर्ट फिल्म रहेको बताए । फेस्टिभलमा नेपालको तर्फबाट निर्देशक गणेश पाण्डेको ‘को हज्बेन्ड’, हिमाल उप्रेतीको ‘आमा’, माधवराज खरेलको ‘दुर्गामान्डु’, गणेशजंग रावलको ‘सम्साया’, सजल लोप्चनको ‘गाइड’, पुरुषोत्तम बस्नेतको ‘सुरक्षा’, निपिल शर्माको ‘द फाइनल फेयर वेल’ र युनिषराज उप्रेतीको ‘बाटोमा’ प्रदर्शन हुनेछन् ।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले फेस्टिभलमा नेपाल र अफ्रिकाको फिल्म एवं संस्कृतिको बारेमा एक दिने बहस हुने बताइन् । उनका अनुसार गत डिसेम्बरमा हुनुपर्ने फेस्टिभल कोभिड १९ का कारण वैशाखमा आयोजना गर्न लागिएको हो ।

फेस्टिभलमा नेपाल र अफ्रिकाका गरी १८ वटा लामाछोटा फिल्म देखाइनेछन् । फेस्टिभलमा जिम्बावेबाट ‘गुड म्यान’, ‘थन्डिज डायरी’, इजिप्टबाट ‘बबल्स’, ‘ड्राई हट समर’, ‘एक्जिट’ र ‘द स्पारो किड्स’, निमिभिया र ब्राजिलबाट ‘बडी गेम्स’, स्विट्जरल्यान्ड र रुवान्डाबाट ‘इम्फुरा’, तान्जानिया र चीनबाट ‘तजारा’ र सेनेगलबाट ‘गोल्डेन फिस’ छानिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : ५० बजे

कतारको दोहामा सलमान खानले लाइभ प्रस्तुति दिँदै

काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

एजेन्सी– चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई

नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग भेट

काठमाडौं– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग