आज शेयर बजार नेप्से ३५.८९ अंकले घट्यो « Khabarhub

आज शेयर बजार नेप्से ३५.८९ अंकले घट्यो


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा झरेको छ ।

आइतबार बैंकिङ समूहको शेयर ३३ अंकले, विकास बैंक समूहको ४८ अंकले, व्यापारको १२५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अंकले, जलविद्युतको ३२, फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको १११, निर्जीवन बीमाको १८३, उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अंकले घटेको छ ।

आइतबार २०७ कम्पनीका एक करोड ९५ लाख कित्ता शेयर ८ अर्ब ८० करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एभरेस्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतवार गुडविल फाइनान्सको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : १७ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’