बार्सिलोनासँग लिभरपुल पराजित, मेस्सीले हाने ६ सयौं गोल « Khabarhub

बार्सिलोनासँग लिभरपुल पराजित, मेस्सीले हाने ६ सयौं गोल


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस महारथी बार्सिलोनाले इंग्लिस क्लव लिभरपुलमाथि शानदार जित निकालेको छ।

च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदान क्याम्प नाउमा बुधबार राति भएको खेलमा स्पेनिस जाईन्ट बार्सिलोनाले सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो ।

बार्साको जितमा मेस्सी नायक बने । उनले उत्कृष्ट लयमा रहेको इंग्लिस क्लव लिभरपुलमाथि २ गोल गरे । खेलको पहिलो हाफको २६ औं  मिनेटमा वार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरेका थिए ।

अत्यन्तै रोमाञ्चक खेलको दोस्रो हाफको ७५ औं मिनेमा मेस्सीले पहिलो गोल गरेका थिए । खेलको ८२ औं मिनेटमा प्राप्त फ्रि किकमा उत्कृष्ठ गोल गर्दै मेस्सीले क्याटलानलाई तीन शून्यको जित दिलाए । मेस्सीले बार्सिलोनाबाट सबैखाले खेलमा गरेको गोल संख्या ६०० पुगेको छ ।

अब दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ जहा उसले वार्सामाथि जित निकाल्न ४ गोल गर्नुपर्ने छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ५ : २२ बजे

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका