नयाँ दिल्लीमा एकसाता लामो लकडाउन घोषणा | Khabarhub Khabarhub

नयाँ दिल्लीमा एकसाता लामो लकडाउन घोषणा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा आज रातिदेखि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि त्यहाँ एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो ।

आज राती १० बजेदेखि नै लागूहुने गरि अप्रिल २६ सम्मका लागि लकडाउनको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ अत्यावश्यक सेवाहरु भने सुचारु रहने जनाईएको छ ।

दिल्लीका विभिन्न अस्पतालमा संक्रमण दर बढेको, बेड र अक्सिजनको अभाव रहेका काकारण कडा निर्णय गर्नु परेको समाचारमा जनाइएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ५९ बजे

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस

प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा उर्लाबारीका किसानले किने हार्भेस्टर मेशिन, धान काट्न सजिलो हुने

उर्लाबारी- कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका–९