मालीमा दुई समुदायबीच झडप, कम्तीमा ४० को मृत्यु | Khabarhub Khabarhub

मालीमा दुई समुदायबीच झडप, कम्तीमा ४० को मृत्यु


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बामा (एएफपी)-  मालीमा द्वन्द्वरत दुइ पक्षबीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको मृत्यु भएको हो ।

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ ।

दुई पक्षका एक एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो ।

मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरुका बीचमा बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : १० बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना