रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको व्यवसायीले अवज्ञा गर्ने « Khabarhub

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको व्यवसायीले अवज्ञा गर्ने


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारले गरेको निर्णयमा व्यवसायीले विमति जनाएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समिति र त्यस मातहतका संघ सस्थाहरूले सरकारको निर्णयको अवज्ञा गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले सरकारले अघिल्लो वर्ष पनि लामो समय लकडाउन र प्रतिबन्ध लगाउँदै आफूहरूको व्यवसाय चौपट बनाएको भन्दै अब पनि यसलाई बन्द गरेर आफूहरूसहित यस्ता व्यापार व्यवसायमा आवद्ध कर्मचारीसहित उनीहरूका आश्रित १५ लाख मानिसहरूलाई प्रभावित बनाउन खोजेको आरोप लगाएका छन् ।

व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सिट क्षमताका शर्तहरू पालन गर्ने तर व्यवसाय बन्द नगर्ने जनाएका छन् ।

कार्यक्रममा दोहोरी साँझ, रात्रिकालीन व्यवसाय, लाउञ्ज, रेष्टुरेन्टसहित कलाकारको समेत उपस्थिति रहेको थियो । उनीहरूले कोरोना कहरको बहानामा आफूहरूको व्यवसाय बन्द गरिए त्यसको प्रतिकार र विरोध गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : २७ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी