आज नेप्से २.६८ अंकले बढ्यो « Khabarhub

आज नेप्से २.६८ अंकले बढ्यो


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार नेप्से मंगलबार २.६८ अंकले बढेको छ । सोमबार ३७ अंकले घटेको नेप्से परिसूचक आज भने केही उकालो लागे पनि कारोबार भने ओरालो लागेको छ ।

मंगलबारको कारोबारमा नेप्से परिसूचक २६६४.६१ विन्दुमा रोकिएको छ । आज १ करोड २३ लाख ६९ हजार ५०१ कित्ताको किनबेचमा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रूपैयाँ बराबरको कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड रूपैयाँ बराबर कारोबार भएको छ ।

यसैगरी नेपाल इन्फ्रास्ट्रकचर बैंकको १९ करोड बराबरको कारोबार भयो । यसैगरी आज सबैभन्दा बढी महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मोदी हाइड्रो पावरको पनि शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज बैंकिङ, निर्जीवन बीमा, म्यूचल फण्ड तथा इन्भेष्टमेण्टबाहेक सबै उपसूचक बढेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : १० बजे

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन्

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस