रुसी खोप ‘स्पुतनिक भी’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति « Khabarhub

रुसी खोप ‘स्पुतनिक भी’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागले आज एक सूचना जारी गर्दै रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएको हो ।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरूलाई सरकारले आजदेखि दोस्रो डोज दिन थालेको छ । चिनियाँ खोप भेरोसेलको पहिलो डोज केही दिन अघि दिइएको थियो । चीनले नेपाललाई अनुदानमा आठ लाख डोज खोप दिएको थियो ।

यस्तै, भारतले कोभिशिल्ड खोप १० लाख डोज अनुदानमा दिएको थियो भने नेपाल सरकारले २० डोज खरिद गरेकोमा १० लाख डोज आउन बाँकी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : २४ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर