महेश बाबुका ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक « Khabarhub

महेश बाबुका ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा गीतकार महेशबाबु तिमल्सिनाको कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ ।

नेपाली तथा अंग्रेजी भाषामा रहेका कविता संग्रह मंगलबार नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा मदन पुरस्कार विजेता कविद्वय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक गर्न कविद्वयलाई नवराज लम्साल, महेश पौड्याल, प्राध्यापक लक्ष्मण गौतमलगायतले सघाएका थिए ।

कार्यक्रममा संग्रह भित्रका कवितावाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियोसमेत देखाइएको थियो । लेखक महेशबाबुको रचना रहेको रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको भिडियो प्रदर्शन गरिएको थियो । निकेश खड्का निर्देशित भिडियोमा अजर जंगमको संगीत रहेको थियो ।

वक्ताहरुले कविता संग्रहमा विश्वबोध, युगबोध र समाजबोधका बाछिटा महसुस गर्न सकिने धारणा राखेका थिए । संग्रहका कवितामाथि टिप्पणी गर्दै प्राध्यापक लक्ष्मण गौतमले भने, ‘ कविताले व्याख्या गर्दैन, संकेत गर्छ । यस मानेमा कविता संग्रहमा देशकाल परिस्थिति अभिव्यक्त गर्ने संकेत जताततै भेट्न सकिन्छ ।’

कवि महेश पौड्यालले भने कविताको अंग्रेजी सम्पादनमा हतार गरिएका लक्षण भेटिने बताउँदै समग्रमा भने कविता संग्रहमा चोटिला कविताको वर्चस्व रहेको बताएका थिए । ‘कविमा आदर्शवादको प्रभाव अलि बढी देखिन्छ । यो पाटो बिर्सने हो भने संग्रहमा धेरै घत लाग्ने कविता छन्’ पौडेलको भनाइ थियो ।

कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले सर्जकको पहिचान पृथकता हुने धारणा राख्दै कविको रुपमा महेश बाबुका कवितामा बेग्लै शिल्प र शैली देख्न सकिने धारणा राखेका थिए ।

त्यसैगरि कवि दिनेश अधिकारीले अक्षरको आयु लामो हुने बताउँदै अरु जे पेशा व्यापार गरे पनि अक्षरको साधना गरेकोमा कविलाई धन्यवाद दिएका थिए । त्यसैगरि उनले समालोचकको कुरालाई तौलेर मात्र ग्रहण गर्न पनि सुझाव दिएका थिए ।

कवि महेश बाबु तिमल्सिनाले भने आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताउँदै ती भाव कविता हुन् कि होइनन् भनेर निक्र्योल गर्ने काम पाठकको जिम्मामा छाडेको बताएका थिए ।

‘मैले एकदमै सरल भाषामा कविता लेखेँ भन्ठानेको थिएँ । तर पनि मेरो छोराले यसको २५ प्रतिशत भाव पनि बुझेन । त्यसैले नयाँ पुस्तालाई पनि बुझाउन नेपालीसँगै अंग्रेजी भाषामा पनि अनुवाद गरिएको हो’ उनले भने ।

कार्यक्रममा बाबु त्रिपाठी, तुलसी आचार्य, भोजराज न्यौपाने, ज्योतिजंगलले संग्रह भित्रका कविता वाचन गरेर सुनाएका थिए । नेपालीमा लेखिएका कवितालाई मुक्तिनाथ घिमिरेले अुनुवाद गरेका हुन् । दुई खण्डमा संग्रहित कविता संग्रहलाई कंगारु क्रिएसन्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : ४० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय