छोरासँग न्यूड फोटोसुट गर्दा ९० दिनको जेल सजाय « Khabarhub

छोरासँग न्यूड फोटोसुट गर्दा ९० दिनको जेल सजाय


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घाना–अफ्रिकी देश घानाकी अभिनेत्री रोसमोण्ड ब्राउनका लागि छोराको जन्मदिनमा न्यूड फोटोसुट गरेर सामाजिक सञ्जालमा शेयर गर्नु निकै महंगो साबित भएको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अकुपम पोलो नामले समेत चिनिने यी अभिनेत्रीले छोराको जन्मदिनको अवसर पारेर छोरासँगै न्यूड फोटोसुट गराएकी थिइन् । जुन तस्वीरलाई उनले सामाजिक सञ्जालमा राखेकी थिइन् ।

३१ वर्षीया अकुपम पोलो एक एकल आमा हुन् । उनले गत वर्ष जून महिनामा आफ्नो छोराको सातौं जन्मदिनको दिन पारेर न्यूड फोटोसुट गराएकी थिइन् । जसमा उनी छोराको हात समाएर बसेकी छन् ।

यी तस्वीरलाई उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जुन तस्वीरका कारण सामाजिक सञ्जालमा तिब्र आलोचना भएको छ । उनको यो तस्वीर मामला अदालतसम्म पुगेको छ ।

राजधानी अकरास्थित एक अदालतले अभिनेत्रीको क्रियाकलापलाई गम्भीर मानेको छ । उनको यो क्रियाकलापलाई घरेलू हिंसाको श्रेणीमा राखेको छ । अदालतले उनको गतिविधिले कसैको गोपनियता र सम्मानमाथि नोक्सान पुर्‍याएको जनाएको छ ।

न्यायाधीश क्रिस्टियाना कैनले पोलोलाई ‘के तिमीले न्यूड फोटो पोस्ट गर्नु अघि आफ्नो छोरासँग अनुमति माग्यौं ? के तिमीले आफ्नो बच्चाको अधिकारको सम्मान गर्यौ ?’ भनेकी सोधेकी थिइन् ।

न्यायाधीश क्रिस्टियानाले पोलो एकल आमा भएकोले उनलाई जेल सजाय दिइँदा छोराको स्याहारसुसारमा समस्या आउने भए पनि पोलोलाई जेल सजाय अत्यावश्यक रहेको बताएकी छन् । त्यसका लागि उनलाई ९० दिनको जेल सजाय दिइनुपर्ने न्यायाधीश क्रिस्टियानाको तर्क छ ।

यो मामलामा अभिनेत्रीका वकिलले अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने जनाएका छन् । अभिनेत्रीको वकिलले अभिनेत्रीलाई ९० दिनको जेल सजाय सुनाइनु धेरै भएको उल्लेख गरेका छन् ।

अमेरिकी र्‍याप स्टार कार्डी बीले अदालतको निर्णयप्रति आपत्ति जनाएकी छन् । ‘मैले कैयौं अमेरिकीले यस किसिमको फोटोसुट गरेको देखेको छु । यद्यपि म यसमा सहमत छैन । तर यसका लागि अकुपम पोलोलाई जुन सजाय सुनाइएको छ, त्यो धेरै बढी हो’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : २० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित