यी बलिउड कलाकारसँग सहकार्य चाहन्छन् हलिउड कलाकार « Khabarhub

यी बलिउड कलाकारसँग सहकार्य चाहन्छन् हलिउड कलाकार


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड कलाकारहरु आफ्नो अभिनय र लुक्सका कारण आम मानिसमाझ लोकप्रिय छन् । उनीहरुको फ्यान फलोइङ स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै संख्यामा छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार हलिउडका कैयौं ठूला स्टारहरु पनि बलिउडको ठूलै फ्यान छन् । उनीहरुले आफ्ना मनपर्ने बलिउड कलाकारसँग काम गर्ने इच्छा नै व्यक्त गरेका छन् ।

हलिउडकी सुन्दर अभिनेत्री क्रिस्टिन स्टुअर्ट बलिउड कलाकारलाई मनपराउछिन् । ‘ट्वीलाइट’ फेम यी अभिनेत्री बलिउडका ग्रीक गर्डका रुपमा परिचित ऋतिक रोशनलाई निकै मनपराउछिन् ।

उनले एक अन्तरवार्तामा एक राम्रो स्क्रिप्ट पाए ऋतिकसँग काम गर्ने बताएकी थिइन् । उनी ऋतिकलाई एक राम्रो र हेण्डसम अभिनेता मान्छिन् ।

बलिउड चिनियाँ अभिनेता ज्याकी च्यानको फ्यान हो । तर ज्याकी आफैं बलिउडका ठूला फ्यान हुन् । उनले एक अन्तरवार्तामा बलिउडमा कोही कलाकारसँग काम गर्ने प्रस्ताव आए मल्लिका शेरावतसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । अभिनेता आमिर खान पनि उनको मनपर्ने कलाकार हुन् ।

हलिउडकी प्रख्यात रियालिटी शो स्टार किम कार्दासियन बलिउडबाट प्रभावित छिन् । उनले कैयौंपटक आफू शाहरुख खान र सलमान खानसँग काम गर्न इच्छुक रहेको बताएकी छन् ।

‘हेरी पोर्टर’ फेम डेनियल रेडक्लिफ पनि बलिउडलाई निकै मनपराउछन् । उनलाई बलिउडको कथा र नृत्य निकै मनपर्छ । उनले कैयौंपटक बलिउड फिल्मको हिस्सा बन्न चाहेको बताउदै आएका छन् ।

हलिउड अभिनेता रोबर्ट डाउनी जूनियरलाई विश्वले ‘आइरन मेन’का रुपमा चिन्छन् । उनलाई अभिनेता आमिर खान निकै मनपर्छ । उनले आमिरलाई एक अन्तरवार्तामा बलिउडको ‘टम हेंक’ भनेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : १९ बजे

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार