पर्दामा दुस्मन, बाहिर दौतरी « Khabarhub

पर्दामा दुस्मन, बाहिर दौतरी


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– टेलिभिजनको पर्दामा आउने अधिकांश टेलिफिल्मको मुख्य कथाबस्तु गृहकलह नै हुन्छ । जसमा सासु–बहु, सौता–सौता, नन्द–भाउजुको सम्बन्धमा आएको दरारलाई प्राथमिकता दिइन्छ ।

अमर उजालाले आफ्नो समाचारमा यी टेलिफिल्ममा एकअर्कालाई दुश्मनको नजरले हेर्ने अभिनेत्रीहरुको वास्तविक जीवनमा सम्बन्ध चाहिँ कस्तो छ भन्ने बारे उल्लेख गरेका छन् । जुन पढ्दा पाठक तथा दर्शकलाई विश्वास गर्न गाह्रै पर्छ ।

हालका दिनमा टीआरपी लिष्टमा टेलिफिल्म ‘अनुपमा’ सबैभन्दा उच्च स्थानमा छ । यो टेलिफिल्मले घर–घरमा पहिचान बनाइसकेको छ ।

टेलिफिल्ममा रुपाली गांगुलीले ‘अनुपमा’ र मदालसा शर्माले ‘काव्या’को भूमिका निर्वाह गरेका छन् । टेलिफिल्ममा दुवैलाई एकअर्काको विरोधीका रुपमा देखाइएको छ ।

यद्यपि पर्दा बाहिर भने उनीहरु मिल्ने साथी हुन् । सुधांशु, रुपाली र मदालसाको दोस्ती पर्दा बाहिर निकै मजबुत छ ।

अभिनेत्री आयशा सिंह टेलिफिल्म ‘गुम है किसी के प्यार’ मा सईको भूमिका निर्वाह गरेकी छन् । जबकी ऐश्वर्या शर्मा पाखीको भूमिकामा देखिएकी छन् । अभिनेता नील भट्टको अपोजिटमा आयशा छिन् ।

वास्तविक जीवनमा नील ऐश्वर्याको हुनेवाला पति हुन् । आयशा र ऐश्वर्या बीच वास्तविक जीवनमा निकै गहिरो सम्बन्ध छ ।

सरगुन कौर लुथ्रा र ऐश्वर्या खरेको सामाजिक सञ्जालमा डान्स भिडियो र फोटो निकै चर्चित छन् । टेलिफिल्म ‘ये हैं चाहतें’मा ऐश्वर्या ‘महिमा’को भूमिकामा देखिन्छिन् भने सरगुन उर्फ प्रीशाको बहिनी र दुस्मन दुवै हुन् ।

‘कुण्डली भाग्य’मा स्वाति कपूर ‘माहिरा’को भूमिकामा छिन् । टेलिफिल्ममा उनी करण(धीरज धूपर’लाई आफ्नो जीवनसाथीको रुपमा पाउने चाहना राख्छिन् । यद्यपि करणले पहिले नै आफ्नो प्रेमी प्रीता(श्रद्धा आर्या)लाई विवाह गरिसकेका हुन्छन् ।

यो अवस्थामा माहिरा जहिल्यै प्रीतालाई करणबाट अलग राख्ने कोशिस गर्छिन् । तर वास्तविक जीवनमा उनीहरु मिल्ने साथी नै हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ४५ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्