कोरोना संक्रमणको संक्रमण दर उच्च, जोखिममा बालबालिका र युवा « Khabarhub

कोरोना संक्रमणको संक्रमण दर उच्च, जोखिममा बालबालिका र युवा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या निरन्तर बढि रहेको छ । कोरोना संक्रमण अघिल्लो वर्ष भन्दा फरक ढंगको देखिएको छ ।

अघिल्लो वर्ष वृद्धवृद्धाहरूमा संक्रमण बढी देखिएको थियो भने पछिल्लो केही समययता युवा र बालबालिकाहरू संक्रमण धेरै देखिएको छ ।

शुक्रबार मात्रै २ हजार ५५९ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा युवा र बालबालिकाको सूमह धेरै छ ।

शुक्रबार संक्रमण धेरै देखिनेमा २० देखि २९ वर्ष समूहका युवाहरू रहेका छन् । यो उमेर समूहका ६४५ जनामा संक्रमण देखिएको स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या २०७८ वैशाख १ गतेको तुलनामा ३६७ प्रतिशतले बढि हो । वैशाख १ गते यो उमेर समूहको संक्रमति संख्या १३८ रहेको थियो ।

त्यसपछि शुक्रबार संक्रमति हुनेमा ३९ वर्ष भन्दा तल र ३० वर्ष भन्दा माथिका ५९३ जना रहेका छन् । यो संख्या वैशाख १ गते तुलनामा करिब ३१४ प्रतिशतले बढी हो । १ गते यो उमेर समूहका संक्रमतिको संख्या १४३ रहेको थियो ।

१९ वर्ष भन्दा कम र १० वर्ष माथिको उमेर समूहका १९९ जना बालबालिकामा शुक्रबार कोरोना संक्रमण देखिएको छ । यो संख्या वैशाख १ गतेको भन्दा करिब ३१४ प्रतिशतले बढी हो । वैशाख १ गते यो उमेर समूहका संक्रमितको संख्या ४८ रहेको थियो ।

त्यस्तै ० देखि ९ वर्ष भन्दा कम उमेर समूहमा पनि पछिल्ला केही दिनदेखि तीव्र रुपमा कोरोना संक्रमण वृद्दि भइरहेको छ ।

शक्रबार मात्रै यो उमेर समूहका ५४ जना बालबालिकामा संक्रमणदेखिएको छ । जुन वैशाख १ गतेको भन्दा करिब १४५ प्रतिशतले बढी हो । वैशाख १ गते यो उमेर समूहका २२ जना बालबालिका मात्र संक्रमित भएका थिए ।

कोरोना संक्रमण बढेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना संक्रमणको अतिप्रभावित जिल्लाको रुपमा घोषणा गरेको छ ।

त्यस्तै शहरी क्षेत्रका अधिकांश शैक्षिक संस्थाहरू वैशाख मसान्त सम्मको लागि बन्द गरिएका छन्, भने यातायात, होटल, सभा सम्मेलन लगायत अन्य क्षेत्र सञ्चालनमा कडाई गरिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै बुधावारदेखि लागु हुनेगरी आगामी १५ गतेसम्मको लागि लकडाउन गरेका छ ।

कोरोना महामारीलाई हेलाची गरे यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

जोखिममा युवा र बालबालिका

१० गते शुक्रबार मात्रै २ हजार ५५९ जनामा कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

संक्रमित मध्ये अधिकांश युवा र वालबालिका उमेर समूहका छन् । जसमा २९ वर्ष भन्दा कम र २० वर्ष भन्दामाथि उमेर समूहका युवाहरूको संख्या ६४५ सबै भन्दा धेरै छ ।

त्यस्तै ३९ भन्दा कम र ३० वर्ष भन्दामाथि उमेर समूहका ५९३ मानिसहरूमा संक्रमणदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ वर्ष भन्दा तल र १० वर्षमाथिका १९९ र ९ वर्ष भन्दा कम उमेरका ५४ जना बालबालिकामा शुक्रबार संक्रमण देखिएको छ ।

९ गते ३०-३९ वर्षको समूहका ५५५ जनामा र २०-२९ वर्ष समूहका ५७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै, १०-१९ वर्षसम्मका १८८ जना र ०-९ वर्षका ५१ जनामा बालबालिकामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ गते बुधवार ३९ मुनिका ५६४ जना, २९ वर्ष मुनिका ५४८ जना, १९ वर्ष भन्दा कम उमेरका २२४ र ९ वर्ष भन्दाकम उमेर समूहका ५१ बालबालिकमा संक्रमण देखिएको थियो । रहेको थियो ।

७ गते मंगलबार जम्मा १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३०-३९ वर्षको उमेर समूहका ४१७ जना, २०-२९ वर्षका ३७० जना, १०-१९ वर्ष उमेर समूहका १५० जनामा र ०-९ वर्ष उमेर समूहका ४३ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै ६ सोमबार ३०-३९ वर्ष उमेरका २७५ जना युवामा, २०-२९ वर्ष उमेर समूहका ३०७ जना, १०-१९ वर्ष उमेर समूहका ७४ जना र ९ वर्ष भन्दा कम उमेर समूहका २४ जना बालबालिकामा संक्रमण देखिएको थियो ।

५ गते आइतबार ३०-३९ वर्ष उमेर समूहका २६६ जना युवाहरूमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै २०-२९ उमेर समूहका २२२ जना, १०-१९ वर्षका ९१ जना र ०-९ वर्ष उमेर समूहका २१ जना बालबालिका संक्रमित भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ४४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा