बलात्कारी बाबा ‘आशाराम बापू’ को बायोपिकमा आलिया र अनुष्का ? « Khabarhub

बलात्कारी बाबा ‘आशाराम बापू’ को बायोपिकमा आलिया र अनुष्का ?


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलात्कारको अभियोगमा अदालतद्वारा दोषी ठहरिएका धर्मगुरु आशाराम बापूमाथि निर्माता सुनिल बोहराले फिल्म बनाउने सोच बनाएका छन् । उनले आशाराममाथि लेखिएको पुस्तक ‘गड अफ सिनः द कल्ट’, ‘क्लाउट’ र ‘डाउनफल अफ आशाराम बापू’ को राइट्स लिएका छन् । उनले फिल्ममा कलाकार कसलाई लिने भन्ने बारेमा पनि लेखकसँग छलफल गरे ।

भारतीय मिडियाका अनुसार आशारामको भूमिका कसले निभाउने भन्ने अझै पक्का नभए पनि उनलाई जेल पु–याउने महिला प्रहरी शोभा भुताडे र चञ्चल मिश्राको सट्टा कसलाई लिने भन्नेमा छलफल गरेका छन् ।

यी दुई महिला प्रहरीको भूमिकामा निर्माताले आलिया भट्ट र अनुष्का शर्मालाई लिने सोच बनाएको भारतीय मिडियाले दाबी गरेका छन् ।

तर, फिल्ममा कसलाई लिने भने अन्तिम निर्णय भने अझै नभएको बताइएको छ । सम्भव भएसम्म अनुष्का र आलियालाई यो फिल्ममा देख्न पाइने निर्माण टिमले आश राखेको छ ।

धर्मगुरु आशाराम बापू यतिबेला भारतमा जेल जीवन बिताइरहेका छन् । उनीमाथि फिल्म बन्ने खासखुस पहिलेदेखि नै चल्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : २९ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या