सङ्क्रमणबाट गुल्मीमा एकको मृत्यु « Khabarhub

सङ्क्रमणबाट गुल्मीमा एकको मृत्यु


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ४४ बजे

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने