एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी « Khabarhub

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ ।

बिहान साढे १० बजे बोलाइएपनि निर्धारित समयभन्दा केही ढिलो गरी बैठक शुरू भएको हो ।

यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

यसैबीच बालुवाटार बैठकमा कालो मास्क निषेध गरिएको छ ।

बैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ ।

कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना