कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन « Khabarhub

कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले सीसीएमसीको बैठकले गरेको सिफारिस लगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसबाहेक पार्टीको ह्रवीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही गर्ने विषय समेत बैठकमा सामान्य छलफल भएको ज्ञवालीले बताए ।

उनले स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटिलाई दिइएको अबस्थामा कर्णाली प्रदेशमा जस्तै अन्य स्थानमा समेत फ्लोर क्रस हुनसक्ने विषयमा पनि छलफल भएको उनले बताए ।

यसैबीच बैठकमा सहभागी एक नेताका अनुसार कोरोनाको विषयमा प्रधानमन्त्री ओलीको मन्तव्यसँगै बैठक सकिएको हो । प्रधानमन्त्री ओलीले कोरोनाबाट जोगिएर जिल्ला जिल्लामा हेल्प डेस्क बनाउन समेत नेता कार्यकर्तालाई आग्रह गरेको उनले बताए । महाविधेशन आयोजक कमिटिको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुका बारेमा सामान्य छलफल नभएको उनले बताए ।

त्यसअघि बसेको एमालेको स्थायी कमिटिको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुका बारेमा छलफल भएको हुनसक्ने उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना