पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङले जित्यो « Khabarhub

पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङले जित्यो


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ नौलेख युवाक्लब पैया (ए) टिमले जीत हासिल गरेको छ ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कप आयोजक कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा तीन महिला र सात पुरुष गरी १० टिमको सहभागिता थियो ।

‘समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको परिकल्पना’ भन्ने मूल नारामा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा जन्मिएको गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमायही वैशाख ८ गतेदेखि आयोजना गरिएको हो ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको बुबा फुर कितर शेर्पा भलिबल खेल समापनको दिन सहभागी रहेका थिए । उनको हातबाट विजयी टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

छोरीको नाममा राखिएको खेलमा सहभागी हुन पाउँदा बुबाले खुशी व्यक्त गरे । शेर्पाले सगरमाथा आरोहण गरेको दिन वैशाख १० गतेको सन्दर्भ पारेर सो प्रतियोगिता आयोजना गरेको आयोजक कमिटीका अध्यक्ष जाङ्बु शेर्पाले जानकारी दिए ।

राष्ट्रिय विभूति जन्मिएको गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा पहिलो पटक गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

यसैबीच भलिबल खेलसँगैँ खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा २४ पटक सगरमाथा आरोहण गरी विश्व किर्तीमान कामय गर्न सफल प्रख्यात आरोहीकामी रिता शेर्पा, छिटो सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल लाक्पागेलु शेर्पा, हिमालबाट लङलाइन रेस्क्यू गर्नुहुने आङटासी शेर्पा, छोटो समयमा सगरमाथा आरोहण गरी महिलातर्फ विश्व किर्तीमान कायम गर्ने पासाङ पुटी शेर्पा र गायन, लेखन, साहित्य क्षेत्रमा योगदान पुर्‍याउने पुरुषोतम सानु नेपालीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २४ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।