छाला विशेषज्ञले अभिनेत्रीको अनुहार बिगारिदिएपछि… « Khabarhub

छाला विशेषज्ञले अभिनेत्रीको अनुहार बिगारिदिएपछि…


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तमिल अभिनेत्री रायजा विल्सनले केही दिन अघि सामाजिक सञ्जालमा एक तस्वीर राखेकी थिइन्, जुन तस्वीरमा उनको आँखा छेउ सुन्निएकाे थियो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले छाला विशेषज्ञको गलत उपचारका कारण आफ्नो अनुहार बिग्रिएको दाबी गरेकी थिइन् । यही दाबीसँगै उनले विशेषज्ञबाट १ करोड जरिवानाको माग गरेकी छन् ।

‘म एक साधारण फेसियल उपचारका लागि डा. भैरवीको क्लिनिकमा गएको थिएँ । उनले मलाई त्यो प्रक्रियाका लागि बाध्य बनाए, जुन मलाई आवश्यक थिएन । त्यसको नतिजा अहिले देखियो । यति हुँदा हुँदै पनि उनी मसँग भेट्न र कुरा गर्न मानिरहेका छैनन् । उनको स्टाफले उनी शहरभन्दा बाहिर भएको जानकारी दिएका छन्’, उनले तस्वीरसँगै लेखेकी छन् ।

उनको माग प्रति सामाजिक सञ्जालमा समर्थन मिलिरहेको छ । तस्वीरमा उनको अनुहारमा कालो धब्बा बसेको छ । उनको एक आँखा सुन्निएको छ ।

कामको कुरा गर्दा रायजाले सन् २०१७ बाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनको पहिलो फिल्म ‘भीआइपी–२’ हो । जहाँ उनले एक सानो भूमिका निभाएकी थिइन् ।
उनले ‘बिग बोस तमिल’को पहिलो संस्करणमा सहभागी भइसकेकी छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ३० बजे

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।