६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा « Khabarhub

६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले ६ करोड डोज कोरोनाविरूद्धको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको छ ।

अमेरिकी खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको हो ।

कयौँ मुलुकमा खोप नपाइरहँदा अमेरिकाले खोप थुपारेको भन्दै चर्को आलोचना भएपछि उसले ६ करोड डोज खोप केही महिनाभित्रै निर्यात गरिने जनाएको हो ।

विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएता पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।

गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएका थिए ।

प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने जनाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ४० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै