पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादी केन्द्रको निर्णय


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने गरी अन्तरिम विधान संशोधन प्रस्तावलाई पारित गर्दै राष्ट्रिय महाधिवेशनअघि नै समावेशी प्रणालीअनुसारको पार्टी कमिटि बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत उत्पीडित दलितको प्रतिनिधित्व थपिने व्यवस्था गरिएको र दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व सुनिश्चित गराउने निर्णय समेत गरेको छ ।

४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राख्ने निर्णय समेत माओवादीले गरेको छ । पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको र केन्द्रीय कमिटी २९९ जनाको हुनेछ ।

बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि स्थायी कमिटि बैठकले सरकासँग माग गरेको छ ।

केपी ओली नेतृत्वको सरकार विस्थापन गर्न यसअघि नै तयार भएको तर नयाँ सरकार गठनका लागि जसपाको साथ अनिवार्य भएकाले जसपाको निर्णय पर्खिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ५८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको