चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ सामग्री सहयोगको घोषणा | Khabarhub Khabarhub

चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ सामग्री सहयोगको घोषणा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाललाई  ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने घोषणा गरेको छ ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित सम्मेलनमा चीनले नेपाललाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोगको घोषणा गरेको हो ।

सम्मेलनमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । उनले सम्मेलनलाई सम्बोधन गर्दै कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताए ।

उनले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : २४ बजे

आकाशे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

खोटाङ– खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर

टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला

टीकापुर– स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला

सत्तामा ‘टपरीवाद’ र ‘डोरीवाद’को प्रभुत्व

वास्तवमा अहिलेको यो राजनीतिक प्रणाली नै होइन । त्यसैले हामीले

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी – चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र