पश्चिम नवलपरासीमा कोरोना संक्रमित बाबुछोराको मृत्यु « Khabarhub

पश्चिम नवलपरासीमा कोरोना संक्रमित बाबुछोराको मृत्यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोना संक्रमित बुवा र छोराको मृत्यु भएको छ ।

सदरमुकामस्थित रामग्राम नगरपालिका ९ का ३५ बर्षीय पुरुषको मंगलबार विहान साढे ८ बजे कोरोना संक्रमणको कारण मृत्यु भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए ।

उनलाई स्वास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्नु पर्ने भएकोले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो ।

मंगलबार विहान साढे ८ बजेतिरको समयमा उनको निधन भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

दुई दिनअघि मात्रै उनका बुवाको कोरोनाकै कारण घरमा मृत्यु भएको थियो । योसहित पश्चिम नवलपरासीमा कोरोनाका कारण कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ०५ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६