पश्चिम नवलपरासीमा कोरोना संक्रमित बाबुछोराको मृत्यु « Khabarhub

पश्चिम नवलपरासीमा कोरोना संक्रमित बाबुछोराको मृत्यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोना संक्रमित बुवा र छोराको मृत्यु भएको छ ।

सदरमुकामस्थित रामग्राम नगरपालिका ९ का ३५ बर्षीय पुरुषको मंगलबार विहान साढे ८ बजे कोरोना संक्रमणको कारण मृत्यु भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए ।

उनलाई स्वास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्नु पर्ने भएकोले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो ।

मंगलबार विहान साढे ८ बजेतिरको समयमा उनको निधन भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

दुई दिनअघि मात्रै उनका बुवाको कोरोनाकै कारण घरमा मृत्यु भएको थियो । योसहित पश्चिम नवलपरासीमा कोरोनाका कारण कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले